• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल

तस्बिरमा हेरौं आजको प्रतिनिधिसभा बैठक



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभामा आज भएको विश्वासको प्रस्तावको मतदानमा उहाँको पक्षमा दुई सय ६८ र विपक्षमा दुई मत परेको थियो ।

बैठकमा पाँच जना सांसद अनुपस्थित हुनुहुन्थ्यो भने बैठकमा कूल दुई सय ७० सांसद उपस्थित हुनुहुन्थ्यो । सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले उक्त मत विभाजनको मतपरिणात सार्वजनिक गर्दै सो जानकारी दिनुभयो ।

सांसदहरू अम्बिका बस्नेत, किशोरसिंह राठौर र मनोरमा शेरचन सदनमा अनुपस्थित हुनुहुन्थ्यो । यस्तै सभाका ज्येष्ठ सदस्य जबरा सभा सञ्चालनमा हुनुहुन्थ्यो भने फौजदारी अभियोग लागेका सांसद टेकबहादुर गुरुङ सभामा अनुपस्थित रहनुभयो ।

तस्बिरः रत्न श्रेष्ठ/रोसन सापकोटा/प्रदीपराज वन्त/रासस

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ प्रतिनिधिसभामा मङगलबार विश्वासको मत प्राप्त भएपछि अभिवादन गर्नुहुँदै ।
प्रतिनिधि सभाको मङगलबार बसेको बैठकमा सहभागीहरु ।
प्रतिनिधिसभाकोे मङगलबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली हात मिलाउँदै ।
नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली मङगलबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नुहुँदै ।
प्रतिनिधिसभाको मङगलबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ।
प्रतिनिधिसभाको मङगलबार बसेको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली।
प्रतिनिधिसभामा विश्वासको मतको पक्षमा मतदान गर्न बैठक हलबाट अगाडि बढ्दै सांसदहरु ।
प्रतिनिधिसभाको बैठकमा विश्वासको मतको पक्षमा मतदान गर्न बैठक हलबाट अगाडि बढ्दै सांसदहरु ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा मङ्गलबार विश्वासको मतका लागि आह्वान गर्नुभएपछि संसदमा मत खसाल्दै सांसदहरु ।