२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिला श्री ५ले अहिले पाँच न्यायधीशहरुले प्रम बनाईदिएः  प्रदीप ज्ञवाली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका प्रवक्ता तथा प्रतिनिधिसभाका सांसद प्रदीप कुमार ज्ञवालीले पहिला सर्वोच्चको फैसलामाथि कटाक्ष गर्नुभएको छ । उहाँले प्रतिनिधिसभाको बैठकमा बोल्दै पहिले श्री ५ ले अहिले न्यायधीशहरुले प्रधानमन्त्री नियुक्त गरेको आरोप लगाउनुभएको हो । 

उहाँले भन्नुभयो, "ल एकछिनलाई मानिलिऔं प्रतिनिधिसभा विघटन गलत थियो, तर अदालतले सर्लक्क भकुन्डो ल्याएर ल खेलाडी तिमिहरु नै हो प्रतिपक्ष फल्नाले फउल गर्यो ल तिमिहरु जहाँबाट फउल भएको छ , अस्ति भर्खर हामीले युरोकप र कोपा अमेरिका हेरौं । रेफ्रिले जहाँ फउल गर्यो त्यहीबाट पाउडर छरेर बल हान्न लगाए । तर हाम्रोमा भने रेफ्री आँफैले पेनाल्टी हानीदिनुभयो ।"