२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वासको मत दिने निर्णयमा कांग्रेसबाट क–कसले राखे फरक मत ?



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ ।

मंगलबार संविधानसभा भवनको ल्होत्से हलमा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको हो ।

सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय केन्द्रिय कार्यसम्पादन समितिको बैठकले गरेको पार्टीका सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए ।

यद्यपि, बैठकमा महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने सरकारलाई विश्वासको मत दिन नहुने पक्षमा रहेका थिए । यस्तै, नेताद्वयअर्जुनसिंह केसी र बलबहादुर केसीले पनि फरक मत राखेका थिए । केहीबेरमै बस्ने संसद बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदैछन् ।