काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद डा. मिनेन्द्र रिजालले सुखी नेपाली समृद्ध नेपालको अभिभारालाई पूरा गर्न प्रतिनिधिसभाका सांसदहरुलाई शेर बहादुर देउवा सरकारलाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै अन्तिममा उहाँले भन्नुभयो, "म नेपाली कांग्रेसबाट प्रस्तावित नेपाली कांग्रेसको सांसद हुँ, तर मलाई कांग्रेसका जनताले मात्र भोट हालेका होइनन् । मलाई अन्य पार्टीका जनताले पनि भोट हालेका हुन् । संसदीय व्यवस्थाले लोकतन्त्रमा अपेक्षा राख्दछ,दलीय अनुशासन सँगसँगै विवेकको मत दिने ठाउँ जहिले खुला रहन्छ । आजका दिनमा अलीअली उचनीच होला , अलीअली तनाव होला, हामीलाई उन्मात छैन, बाहिरिनुमा साथीहरुले मनमा तिक्तता नलिनुस्, संविधान जोगाउने हो । सुखी नेपाली समृद्ध नेपालको अभिभारालाई पूरा गर्न देउवा सरकारलाई समर्थन गरौं ।"