काठमाडौं । पृथ्वी जयन्तीको अवसरमा सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ ।
मंगलवार गृहमन्त्रालयले एक सार्वजनिक सूचनाजारी गर्दै सार्वजनिक बिदाबारे जानकारी गराएको हो ।
यसअघि सोमबार भएको मन्त्रिपरिषद् बैठकले पुस २७ गते बुधबार पर्ने पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले मन्त्रिपरिषद्को उक्त निर्णय उल्लेख गर्दै बिदाको जानकारी गराएका हुन् ।