• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

लुम्बिनी प्रदेशः मुख्यमन्त्रीमा एमाले नेता लीला गिरी आजै नियुक्त हुने



रुपन्देही । लुम्बिनी प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता लीला गिरीले आज मुख्यमन्त्रीका लागि दाबी पेश गर्दैछन् । दाबी पेश गर्न लागेका गिरीलाई प्रदेश प्रुमख अमिक शेरचनसमक्ष आजै मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको बताईएको छ ।

प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्रीको लागि बुधबार अपरान्ह ४ बजेसम्मको समय सीमा तोकेका थिए । तर सत्तारुढ गठबन्धनका दलहरूले आज मंगलबार नै दाबी पेश गर्न लागेका हुन् ।

लुम्बिनी प्रदेशसभामा ८७ जना सांसद रहेका छन् । जसअन्तर्गत बहुमतका लागि कम्तीमा ४४ सांसदको समर्थन चाहिन्छ । सत्ता साझेदार दलमा नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४/४ तथा जसपा र जनमत पार्टीका ३/३ सांसद रहेका छन् । यससँगै सत्ता गठबन्धनसँग ५३ सीट रहेको छ । साथै, स्वतन्त्रबाट निर्वाचित २ सांसदले पनि एमाले नेतृत्वलाई समर्थन गर्ने बताईएको छ ।