९ भाद्र २०८३, मंगलवार
,
Latest
पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै तीन हजारले लिए छुट सुविधा यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका गत आर्थिक वर्षमा म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेभित्र को–को देखिए ओली विरोधी ?



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १ सय ६५ र विपक्षमा ८३ मत खसेको छ । मतदानमा २ सय ४९ जना सांसद सहभागी भएकोमा एक सांसदले तटस्थमा मतदान गरेका छन् ।

प्रधानमन्त्री देउवाले आइतबार बिहान मात्रै विश्वासको मतका लागि संसद् सचिवालयमा पत्र दर्ता गराएर आइतबारै विश्वासको मत लिएका हुन् । विघठित प्रतनिधिसभा पुनस्र्थापित भएपछि बैठक बोलाएको पहिलो दिनमै प्रधानमन्त्री देउवाले विश्वासको मत लिएका हुन् ।

उनको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेका केही सांसद र राष्ट्रिय जनमोर्चाका सांसदले उनलाई मत दिएका हुन् ।

देउवाको पक्षमा नेपाल र ओली दुवै समूहका केही सांसदले फ्लोर क्रस गरी मतदान गरे भने राप्रपा र नेमकिपाका एक९एक सांसदले मतदान गरेनन् । यो समाचार राजधानी दैनिकमा छ ।