२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ४६.७६ अंकले वृद्धि



symbolic picture
अ+ अ-

काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमवार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।

सोमवार नेप्से परिसूचक ४६.७६ अंक बढेर २२११.३८ बिन्दुमा पुगेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ८.६१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ३.४८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०४ अंकले बढेको छ ।

सोमवार कारोबारमा आएका २५७ कम्पनीको १ करोड ४६ लाख ७६ हजार कित्ता शेयर ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से बढेपनि आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य घटेको छ । आईतबार करिब साढे ५ अर्बको शेयर खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये जलविद्युत उपसमूहको परिसूचक ४.९४ प्रतिशत बढेको छ । त्यस्तै,विकास बैंक, वित्त र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ । बाँकी अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

सोमवार नेप्से बढेसँगै ११ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा अधिकांश जलविद्युत कम्पनी रहेका छन् । तर यता स्वाभिमान लघुवित्तको शेयरमूल्य भने ३.५७ प्रतिशत घटेको छ । आज रिडी पावर कम्पनीको २० करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।