२१ आश्विन २०८१, सोमबार
,
Latest
‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत् खाद्यान्न पठाइँदै बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार बन्न पाएको छैन बिगार्ने खेलतिर लाग्यौं भने समयको बर्बादी हुन्छ: केपी ओली



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब सरकार गठन र विघटनको खेलमा लाग्न नहुने बताउनु भएको छ ।

प्रतिनिधिसभाको पहिलो दिनको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सरकार गठन हुन नपाउँदै ढलाउने खेलतिर लाग्न थालेको आशंका गर्नुभयो । उहाँले भन्नुभयाे जनता र देशका लागि कहिले काम गर्ने ? उहाँले भन्नुभयो ‘सांसद र नेताहरूको सम्पूर्ण समय गोटी चालाचालमा बित्यो भने देशका लागि कहिले काम गर्ने ? सरकार बन्न पाएको छैन बिगार्ने खेलतिर लाग्यौं भने समयको बर्बादी हुन्छ ।’

उहाँले मुलुकमा राजनीतिक स्थायित्वका लागि काम गर्नुपर्ने बताउनु भयो । उहाँले नयाँ राजनीतिक दलहरूको उदयले पनि जनताले स्थिरता र विकास चाहेको देखिएको बताउनु भयो । जनताले सरकारमा परिवर्तन खोजेकाले संसद्‌मा नयाँ दल र नयाँ सांसदहरूको उपस्थिति रहेको उहाँले बताउनु भयो ।
ओलीले प्रधानमन्त्री प्रचण्डलाई बधाई दिदै चुनौतीलाई पनि स्मरण गराउनु भएको छ । उहाँले भन्नुभयो आज पनि उहाँलाई बधाई भन्न चाहन्छु । तर चुनौती छन् भन्ने कुरा पनि स्मरण गराउन पनि चाहन्छु ।’

ओलीले नयाँ गठबन्धन सरकार समग्रतामा राष्ट्रियता, मुलुको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डताको पक्षमा उभिने बताउनुभयो । सरकारलाई बधाई दिँदै उहाँले सुशासन, भ्रष्टाचार नियन्त्रण, सामाजिक विभेद अन्त्य गर्नुपर्ने जस्ता विषयमा सरकारले ध्यान दिने अपेक्षा गर्नुभयो ।

अहिले अर्थतन्त्र गम्भीर संकटमा रहेको उल्लेख गर्दै उहाँले यस्तो अवस्थामा सबै राजनीतिक पार्टीले लोकतान्त्रिक मूल्य मान्यतामा चल्नुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले अब सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउन लागेको जानकारी दिँदै सोही कार्यक्रमअनुसार सरकार अघि बढ्ने स्पष्ट गर्नुभयो । साझा कार्यक्रमले लोकतन्त्रको रक्षा, सम्वर्द्धन र सुदृढीकरण गर्ने र संविधान रक्षाका लागि काम गर्ने बताउनुभयो ।