• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo

वागमतीको मुख्यमन्त्रीमा माओवादीका शालिकरामलाई नेकपा एस र लौरोको पनि समर्थन



फाईल फोटो

हेटौँडा । वागमती प्रदेशको मुख्यमन्त्रीको लागि नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेललाई नेकपा एसले पनि समर्थन गर्ने भएको छ । यस्तै जम्कट्टेललाई लौरो अभियानको हाम्रो नेपाली पार्टीले पनि समर्थन गर्ने भएको छ ।

मुख्यमन्त्रीको लागि ७० जना समर्थन पाएका जम्कट्टेल अब केहीबेरमा प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्न जाने तयारीमा रहेका छन् ।

जम्कट्टेललाई एमालेबाट २७, माओवादी केन्द्रबाट २१, राप्रपाबाट ३, नेकपा एकीकृत समाजवादीबाट ७ र हाम्रो नेपाली पार्टीको २ गरी ७० जनाको समर्थन प्राप्त भएको छ ।