१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउन महिनाको पहिलो सोमबार विभिन्न स्थानमा यस्तो देखियो  (फोटो फिचर)



अ+ अ-

काठमाडौं । साउन महिनाको पहिलो सोमबार धनगढी उपमहानगरपालिका– ४, शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धाममा रहेको शिवलिङ्गमा जल चढाउँदै ब्रतालु महिला । तस्बिर: तिलकराज ओझा, रासस

पवित्र तीर्थस्थल देवघाटधाममा स्थानपश्चात् नारायणी नदीकिनारमा रहेको शिवलिङ्गमा बेलपत्र चढाउँदै तीर्थालु । देवघाटमा स्नान गरेपछि भगवान् शिवको पूजा गरेर शिवलिङ्गमा बेलपत्र चढाउँदा मोक्ष प्राप्त हुने जनविश्वास छ । तस्वीरः टेकराज पोखरेल, रासस

नवलपुर, चितवन र तनहुँमा पर्ने देवघाटधाममा श्रावण स्नान गर्दै तीर्थालु । देवघाटधाममा श्रावणको सोमबार स्नान गरेर भगवान् शिवको पूजा गरेपछि पुण्य प्राप्त हुने विश्वासका साथ देशका विभिन्न स्थानबाट यहाँ तीर्थालु आउने गर्दछन् । तस्वीरः टेकराज पोखरेल, रासस

रुपन्देहीको सैनामैना नगरपालिका– १ स्थित पर्रोहा परमेश्वर ज्योर्तिलिङ्ग बोलबम धाममा सहभागी भक्तजन । कोरोना सङ्क्रमण हुने भयले यसपटक भीडभाड कम देखिएको छ । तस्वीर: युवराज पाण्डे, रासस