२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आईतबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका नेता बुद्धिमान तामाङले यस्तो बताउनुभएको हो । उहाँले आजको बैठकमा अहिलेको कार्यव्यवस्था समितिमा रहनुभएका उपाध्यक्ष ध्रुव प्रधानले प्रतिनिधि सभाको पहिलो र विश्वासको मत लिने दिनको बैठकको बारेमा पार्टीका सांसदहरुलाई जानकारी गराउनुभएको बताउनु भयो । उहाँले प्रतिनिधि सभाको पहिलो बैठक र विश्वासको मतका बारेमा आजको बैठकमा छलफल केन्द्रित भएको बतउनु भयो ।

उहाँले भन्नुभयो, ‘खास गरेर हाम्रो संसदीय दलको बैठक संसदीय दलका नेता पार्टी अध्यक्षको नेतृत्वमा बस्यो । सो बैठकमा अहिलेको कार्यव्यवस्था समितिमा रहनुभएका हाम्रा उपाध्यक्ष ध्रुव प्रधानजीले भोलि र पर्सिको कार्यक्रमहरु बारेमा जानकारी गराउनु भयो । त्यही विषयमा छलफल भयो । सरकार बनाउन हामीले पहल गरेको नेतालाई नै विश्वासको मत दिन्छौँ । तर निर्णय भने भइसकेको छैन ।’

नेता तामाङले आफूले सरकार बनाउनका लागि पहल गरेका नेतालाई विश्वासको मत दिने भएपनि पार्टीबाट औपचारिक निर्णय भने भइ नसकेको बताउनु भयो ।