काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई जतिसक्दो चाँडो कोरोनाविरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिनुभएको छ ।
नेपाली समकक्षी शेरबहादुर देउवासँग आज टेलिफोन संवाद गर्दै मोदीले भारतले दिन बाँकी १० लाख अस्ट्राजेनेका (कोभिसिल्ड) खोपको मात्रा जतिसक्दो चाँडो उपलब्ध गराउने बताउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उक्त संवादमा मोदीले देउवालाई बधाई तथा शुभकामना समेत दिनुभएको थियो ।
भारतले नेपाललाई १० लाख डोज अस्ट्राजेनेका खोप दिन बाँकी छ । भुक्तानी लिइसकेर पनि भारतले खोप आपूर्ति गर्न सकेको छैन ।