२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

गभर्नर अधिकारी अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यक्रममा सहभागी



अ+ अ-

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारी २०७९ पुस २२ गते अन्तर्राष्ट्रिय मुद्राकोषले भारतको नयाँ दिल्लीमा आयोजना गरेको ‘South Asia’s Path to Resilient Growth’  (लचिलो विकासमा दक्षिण एसियाको बाटो) विषयक उच्चस्तरीय सम्मेलनमा सहभागी हुनुभयो ।

सम्मेलनको उद्घाटन सत्रमा कोषद्वारा प्रकाशित’South Asia’s Path to Resilient Growth’ नामक पुस्तक सार्वजनिक गरिएको थियो । सो अवसरमा अन्तर्राष्ट्रिय मुद्राकोषका उप–प्रबन्ध निर्देशक एन्टोनियो साहेयले उक्त पुस्तकमा समेटिएका विषयवस्तुको सारांश प्रस्तुत गर्नुभयो ।

सम्मेलनको उच्चस्तरीय नीति प्यानल छलफलमा विशेषज्ञ वक्ताका रूपमा गभर्नर अधिकारीले कोभिड–१९ पछि नेपालमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य प्रगति भएको उल्लेख गर्दै यसबाट पारदर्शिता र सुशासन अभिवृद्धि तथा सम्पत्ति शुद्धीकरण निवारणमा टेवा पुगेको धारणा राख्नुभयो ।

सो कार्यक्रममा उहाँले विश्व भू–राजनीतिमा देखिएको असन्तुलनलाई अवसरका रूपमा लिई विदेशी विनिमय सञ्चिति, राजस्व तथा उपभोगका लागि विप्रेषणमा निर्भर रहेको नेपाली अर्थतन्त्रको संरचनात्मक सुधारमार्फत मुलुकलाई दिगो आर्थिक वृद्धिको बाटोतर्फ लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सम्मेलनका क्रममा अन्तर्राष्ट्रिय मुद्रा कोषका उप–प्रबन्ध निर्देशक एन्टोनियो साहेयको उपस्थितिमा आयोजित बन्द समूह बैठकमा गभर्नर अधिकारीले कोषको नयाँ दिल्लीस्थित तालिम केन्द्रलेसार्क मुलुकका केन्द्रीय बैंकको क्षमता विकासमा महत्वपूर्ण भूमिका निभाएको चर्चा गर्दै आगामी दिनमा क्षमता अभिवृद्धि र प्राविधिक सहयोगलाई थप प्रभावकारी बनाउन कोषलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सम्मेलनमा भारतका लागि नेपाली राजदूत डा शङ्करप्रसाद शर्माले समेत विशेषज्ञ वक्ताको रूपमा धारणा राख्नुभएको थियो ।

सम्मेलनको उद्घाटन सत्रमा भारतीय रिजर्भ बैंकका गभर्नर शक्तिकान्त दासले विशेष वक्ताका रूपमा सम्बोधन गर्दै सार्क मुलुकले झेल्नुपरेका वर्तमान आर्थिक चुनौतीका विषयमा धारणा राख्नुभयो । उहाँले मूल्य वृद्धि नियन्त्रण, बाह्य ऋणको जोखिम व्यवस्थापन, उत्पादकत्व वृद्धि, इन्धन सुरक्षा तथा सार्क क्षेत्रमा हरित अर्थतन्त्र निर्माणका लागि समन्वयलगायतका विषय सार्क क्षेत्रको नीतिगत प्राथमिकतामा पर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

सम्मेलनमा अन्तर्राष्ट्रिय मुद्राकोषको उच्च अधिकारीसँगै सार्क राष्ट्रका केन्द्रीय बैंकका गभर्नरहरूको सहभागिता थियो । उक्त सम्मेलनमा सहभागी भई गभर्नर अधिकारी पुस २३ गते स्वदेश फर्कनुभयो ।