१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गर्ने सहमति



अ+ अ-

काठमाडौँ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गर्ने सहमति भएको छ । दुवै पार्टीले यस विषयमा १२ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

जनमत पार्टीका अध्यक्ष डा सीके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आइतबार उक्त सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सहमतिअनुसार रेशम चौधरीलगायत टीकापुर घटनाका बन्दीको रिहाइ, देउवा सरकारले ल्याएको अध्यादेशलाई संसद्बाट काननूनका रुपमा पास गर्ने, सीके राउतसँग भएको सहमति कार्यान्वयन, नागरिकता विधेयक पास गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, संविधान संशोधनलगायत विषय समावेश छन् ।