२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

लमजुङमा टिभी खोल्ने क्रममा करेन्ट लागेर बालिकाको मृत्यु



अ+ अ-

लमजुङ । राइनास नगरपालिका–७ सालफेदीकी एक बालिकाको आफ्नै घरमा टिभी खोल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान ८ः३५ बजे राकेश पाण्डेकी आठ वर्षीया छोरी सृष्टिले सेट्रोल बक्समा छुन पुग्दा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो ।  

उहाँले भन्नुभयो, “बक्समा तार सर्ट भएको र हाई भोल्टेजका कारण करेन्ट लागेर मृत्यु भयो ।” बालिकालाई उपचारका लागि तत्काल सोही वडामा रहेको सहोदर सामुदायिक अस्पतालमा उपचार गर्न लगे पनि चिकित्सकले मृतक घोषणा गरेको प्रहरी निरीक्षक रेग्मीले बताउनुभयो । रासस