२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको भव्य सौन्दर्य र अनुपम संस्कृति देखेर प्रभावित भएँ– नवनियुक्त चिनियाँ राजदूत



अ+ अ-

काठमाडौँ । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङले नेपाली जनता र माया र न्यानोपनबाट आफू प्रभावित भएको बताउनुभएको छ ।

राजदूत सङ आफ्नो कार्यभार सम्हाल्न आज काठमाडौँ आइपुग्नुभएको हो । काठमाडौँ आउनासाथ उहाँले एक ट्विट गर्दै नेपालको भव्य सौन्दर्य र अनुपम संस्कृति देखेर आफू छक्क परेको बताउनुभएको छ ।

उहाँले नेपालमा २२औँ चिनियाँ राजदूतका रुपमा काम गर्न पाउनु आफ्ना लागि सौभाग्य र ठूलो सम्मानको कुरा भएको बताउनुभयो ।

उहाँले गर्नुभएको ट्विट यस्तो छ –

नेपालमा २२औँ चिनियाँ राजदूतको रूपमा काम गर्न पाउनु मेरो लागि सौभाग्य र ठूलो सम्मानको कुरा हो। आज काठमाडौं आइपुगेको, यहाँको भव्य सौन्दर्य र अनुपम संस्कृति देखेर म छक्क परें, र जनताको दया र न्यानोपनबाट प्रभावित भएँ।