२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिक्सर पेस्तोल सहित ३ जना पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

रौतहट । मौलापुर नगरपालिका-५ स्थित मौलापुरदेखि कलैया जाने सडकबाट १ थान सिक्सर पेस्तोल सहित भारत मोतिहारीग्राम बिजबनी बिहार घर बताउने २४ वर्षीय देवेन्द्र यादव लगायत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले बिआर ०५ एपि ४०१६ नम्बर र बिआर ०५ ई ६४३४ नम्बरको मोटसाइकल जाँच गर्दा बिआर ०५ एपि ४०१६ नम्बरको मोटरसाइकल चालक देवेन्द्रलाई उक्त पेस्तोल सहित फेला पारी दुवै मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।