२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीसँग अध्यक्ष नेपाल र अध्यक्ष यादवको भेट



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेट भएको छ ।

आईतवार सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा प्रधानमन्त्री दाहालसँग दुई शीर्ष नेताहरुले भेट गर्नुभएको हो ।

भेटपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएको प्रधानमन्त्री दाहालले भेटमा दुई राजनीतिक दलहरु सकारात्मक रहेको र विश्वासको मत दिनेमा विश्वस्त रहेको बताउनु भयो । उहाँले छलफलमा विश्वासको मत लिने बारेमा नै छलफल भएको र दुई नेताहरु सकारात्मक रहेको बताउनु भयो ।

त्यस्तै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भने प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बारेमा छलफल चलिरहेको र पुनः छलफल हुने बताउनु भयो । उहाँले पार्टीले प्रधानमन्त्रीलाई समर्थन गरेको बताउनु भयो । बैठकपछि संसदीय दलको कार्यालयबाट निस्किने क्रममा नेताहरुमा भने नैराश्यता स्पष्ट देख्न सकिन्थ्यो ।

प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासको मत लिँदै हुनुहुन्छ ।