• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ? ★   सगरमाथा दिवसः बङ्गलादेशमा तस्बिर प्रदर्शनी ★   ‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’ ★   टी–२० विश्वकप कहिले सुरु भयो ?

नेपाल टी–२०: फाईनलको लागि लुम्बिनी र जनकपुर भिड्दै



काठमाडौं । पहिलो संस्करणको नेपाल टी–२० लिगमा आज लुम्बिनी अल स्टार र जनकपुर रोयल्सबीच खेल हुँदैछ । प्लेअफको पहिलो दिन/ पहिलो क्वालिफायरमा आज यी टोलिले फाईनलको लागि भिड्दैछन्।

किर्तिपुरको टियु मैदानमा हुने पहिलो क्वालिफायर मध्यान्ह १२ः३० बाट सुरु हुनेछ । आजको बिजेताले फाईनलमा सिधै स्थान बनाउँने छ भने पराजित हुने टोलीले सोमबार हुने ईलिमेटर खेलको बिजेतासँग फाईनल प्रवेशका लागि खेल्नेछ ।

लुम्बिनी र जनकपुरले यस लिगको समूह चरणमा भएको दुई खेलमा एकआपसविरुद्ध १/१ खेल जितेका छन् ।

पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।