२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापान पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले जापान पठाईदिन्छु भनि रकम ठगी गर्नेलाई आज पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले सामाजिक सञ्जाल फेसबुकमा को नामबाट फेसबुक प्रयोग गर्ने व्यक्तिले फ्रेन्ड रिक्वेस्ट पठाई आफू जापानको इमिगेरेसनमा काम गर्ने जापानको नागरिक हो भन्दै ठगी गरेको पाइएपछि घटनामा संलग्न ४ जनालाई महानगरीय प्रहरी परिसर पठाएको छ । 

सो समूहले पीडितहरुसँग चिनजान गरी जापान जान वर्किंग भिषा प्रक्रियाको लागि रकम पठाउन पर्छ भनि प्रलोभनमा पारी विभिन्न बैक खातामा ३९ लाख ६८ हजार ९९६ रुपैया डिपोजिट गर्न लगाई निकालेर जापान नपठाई सम्पर्कविहिन भएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा मकवानपुरकी हाल नयाँबजार बस्ने ३७ वर्षीया शुभद्रा परियार, इलामकी हाल नयाँबानेश्वर बस्दै आएकी ३३ वर्षीया पुजा राई, सिन्धुपाल्चोकका हाल कपन बस्ने ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुरकी खरिपाटी बाँसबारी बस्दै आएकी २१ वर्षीया दिपिका केसी रहेका छन् ।