१७ श्रावण २०८३, आईतवार
,
Latest
लुम्बिनीमा गहुँको छालिबाट कलात्मक सामग्री निर्माण तालिमः खेर जाने वस्तुबाट आत्मनिर्भर बन्दै स्थानीय महिला देशमा अब धार्मिक द्वन्द्व देखिनु हुँदैन,सबै मिलेर बस्नुपर्छः गृहमन्त्री इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी ब्रड पिक हिमपहिरोमा निधन भएका ६ नेपालीप्रति एमालेद्वारा श्रद्धाञ्जली  नक्कली उत्पादन बिक्री–वितरण रोक्न मन्त्री यादवको निर्देशन, सयभन्दा बढी शंकास्पद वस्तु नियन्त्रणमा लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ सिरहाको गोलबजारमा कर्फ्यु खुकुलो, बिहान १० बजेदेखि साँझ ७ बजेसम्म आवतजावत खुला नियामकीय निर्देशन उल्लंघनमा तीन बैंक कारबाहीमा, प्रभु बैंकका पूर्वसीईओलाई ५ लाख जरिवाना हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको सडक निर्माण अन्तिम चरणमा, ९० प्रतिशतभन्दा बढी कालोपत्र यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवसायीप्रति गरिने सम्मानित व्यवहारले लगानीमैत्री वातावरण बनाउन सहयोग गर्छ: वरिष्ठ उपाध्यक्ष ढकाल



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले व्यवसायीप्रति गर्ने सम्मानित व्यवहारले मात्र पनि मुलुकभित्र लगानीमैत्री वातावरण निर्माण गर्न सहयोग पुग्ने बताउनुभएको छ ।

नेपाल निर्यात परिषद्को २५औँ वार्षिक साधारणसभा तथा ७औँ निर्यात दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले राज्यले गर्ने सम्मानपूर्ण व्यवहारले मात्र पनि निजी क्षेत्र उत्साहित हुने र मुलुकको आर्थिक तथा औद्योगिक विकासमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।

निजी क्षेत्रको लामो प्रयासपछि नेपाल सरकारले व्यवसायीहरुलाई सीआईपी सम्मान दिन सुरुगरेकोमा हाल स्थगित गरिएकोमा उहाँले दुःख व्यक्त गर्नुभयो ।

“हाम्रो लामो र अथक प्रयासपनि नेपाल सरकारले व्यवसायीहरुलाई सीआईपी सम्मान दिन सुरुगरेको थियो । तर हाल त्यो पुनः स्थगित छ,” उहाँले प्रश्नगर्नुभयो, “जुन व्यवसायीले नेपालको निर्यात बढाउन सहयोग गर्छ, आयात प्रतिस्थापन गर्छ, विदेशी मुद्रा भित्र्याउँछ, धेरै भन्दा धेरै कर तिर्छ, रोजगारी सृजना गर्र्छ र व्यवसायीलाई सम्मान दिँदा सरकारको लगानी पनि पर्दैन यस्तो कुरामा सरकारले किन कन्जुस्याइँ गर्नुपर्ने ?”

आफू पनि निर्यात व्यवसायसँग आवद्ध रहेको र यस व्यवसायको समस्याको बारेमा आफूलाई पूर्ण जानकारी भएको बताउँदै उहाँले निर्यात प्रवद्र्धनका लागि नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट आफूले सदैव सकारात्मक भूमिका निर्वाह गर्ने स्पष्ट पार्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघको आगामि चैत्रमा हुने चुनावी साधारणसभातर्फ इन्गित गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासंघ र सरकारसँग निर्यात व्यवसायीहरुका विषयहरुको पैरवी गर्न निर्यात व्यवसायीलाई नै प्रतिनिधिको रुपमा महासंघमा निर्वाचित गर्न सुझाव दिनुभयो ।




भर्खरै