२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाखुसीचोक नजिकै रहेको पेट्रोल पम्पसँगै टहरा आगलागी -फोटो फिचर



अ+ अ-

काठमाडौं । सामाखुसी चोकबाट टोखा जाने सडक खण्डमा पुरुषोत्तम मानन्धरद्वारा सञ्चालित आकाश जोगिनी पेट्रोल पम्पसँगै रहेको टहराहरुमा आगलागी भएको छ ।

घटनामा मानवीय क्षति नभएको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगोलागीको कारण खुल्न सकेको छैन ।

आगलागी भएको खबर प्राप्त हुन साथ प्रहरी टोली खटिएको थियो ।प्रहरीका अनुसार काठमाण्डौ महानगरपालीकाबाट- १, बालाजु औद्योगिक क्षेत्रबाट- १, बूढानीलकण्ठ नगरपालीकाबाट- १ र प्रहरीको वाटर क्यानन- १ गरी ४ वटा दमकलहरु र ५ वटा पानी ट्याङ्करहरुसमेत प्रयोग गरी आगलागी नियन्त्रणमा लिइएको थियो ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरू समेत करिब १७५ जना खटिई आगोलागी पूर्ण नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा प्रहरी वृत्त महाराजगञ्‍जबाट थप अनुसन्धान भई रहेको जनाईएको छ ।