२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीभित्रको शक्ति सन्तुलनका लागि उपप्रधानमन्त्रीमा पौडेल समूहको दावी



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई उपप्रधानमन्त्री दिनुपर्ने बताएका छन्। 

प्रतिनिधिसभामा प्रधानमन्त्री देउवाले विश्वासको मत पाएको भोलिपल्ट सोमबार भएको पौडेल पक्षको बैठकमा नेताहरुले पार्टीभित्रको शक्ति सन्तुलनका लागि उपप्रधानमन्त्री आफ्नो समूहले पाउनुपर्ने धारणा राखेका थिए । 

‘एकातिर गठबन्धन सरकार छ, त्यसलाई पनि सन्तुलनमा राख्न आवश्यक छ,’ एक नेताले भने, पार्टीभित्र पनि सन्तुलन कायम राख्न प्रधानमन्त्रीपछिको दोस्रो पद हाम्रो समूहले पाउनुपर्छ भन्ने धारणा सबैको थियो ।’

महाराजगञ्जस्थित महामन्त्री डा. शशांक कोइराला निवासमा भएको छलफलमा क्रियाशील सदस्यता छानविनका बारेमा पनि नेताहरुबीच छलफल भएको थियो । सदस्यता छानविन समितिमा रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले अहिलेसम्म भएको कामका बारेमा नेताहरुलाई जानकारी गराएका थिए ।

बैठकमा परिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. रामशरणा महत लगायत सहभागी थिए । कांग्रेस महाधिवेशन भदौ १६–१९ सम्म काठमाडौंमा गर्ने गरी कार्यतालिका तय भइसकेको छ ।