२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली पक्षधर नेता कार्यकर्ताले जलाए यी दुई सांसदको पुत्ला



अ+ अ-

दाङ । प्रतिनिधिसभा सदस्य मेटमणि चौधरी र हिराचन्द्र केसीको पुतला दहन गरिएको छ । नेकपा एमालेको तर्फबाट दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित चौधरी र क्षेत्र नम्बर ३ बाट निर्वाचित केसीको एमाले भित्रैको केपी ओली समूहका नेता कार्यकर्ताले पुतला दहन गरेका हुन् । 

सोमबार बेलुका ओली पक्षधर नेता कार्यकर्ताले तुलसीपुरको मदन आश्रित चोकमा केसी र चौधरीको पुतला गर्दै ओली निकट युवा संघ र अनेराश्ववियुको आयोजनामा भएको कार्यक्रममा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रतिनिधिसभा सदस्य केसी र चौधरीकाविरुद्ध चर्को नाराबाजी भएको थियो । 

त्यसपछि आयोजित कोणसभालाई नेकपा एमाले ओली समूहका दाङ जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले सम्बोधन गर्दै 'लाल गद्दारहरूलाई पार्टीमा कुनै स्थान नभएको' बताए ।