९ भाद्र २०८३, मंगलवार
,
Latest
पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै तीन हजारले लिए छुट सुविधा यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका गत आर्थिक वर्षमा म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशका ठूला चारवटा नदीमा पानीजहाज सञ्चालन गर्न सकिने



अ+ अ-

काठमाडौं । देशका ठूला चारवटा नदीमा पानीजहाज सञ्चालन गर्न सकिने सम्भावना देखिएको छ । नेपाल पानीजहाज कार्यालयले गराएको एक अध्ययनमा कोसी, नारायणी, काली, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन सम्भव देखिएको हो ।

पानीजहाज कार्यालयका रजिस्ट्रार विपिन राजभण्डारीले नेपालका नदीहरूमा पानीजहाज चलाउने कार्यलाई मूर्त रूप दिने उद्देश्यसहित कोसी, नारायणी, काली गण्डकी र कर्णालीमा सम्भाव्यता अध्ययन गरिएको जानकारी दिनुभयो । सो अध्ययनले ती नदीहरूमा पानीजहाज चलाउन सम्भव रहेको देखाएको उहाँले स्पष्ट पार्नुभयो । आर्थिक वर्ष २०७७÷७८ मा सो अध्ययन सम्पन्न भएको हो । कोसी, काली र गण्डकीको सम्भाव्यता अध्ययन परामर्शदाता पीएमएसररितीरआई इस (संयुक्त)ले गरेको थियो । 

त्यसैगरी नारायणी र कर्णाली नदीको अध्ययन मल्टी कन्सल्टेन्सी सर्भिसले गरेको थियो । परामर्शदाता कम्पनीहरूले अध्ययन प्रतिवेदन नेपाल पानीजहाज कार्यालयलाई बुझाइसकेका छन् । गत आर्थिक वर्षको असारमा अध्ययन सम्पन्न भएको थियो ।

त्यसैगरी कालीगण्डकीमा पानीजहाज सञ्चालनका लागि पाल्पा खण्डमा सबस्टेसन राख्ने सम्भाव्यता अध्ययन गरिएको जानकारी उनले दिए । पाल्पाको राम्दीदेखि देवघाटसम्म १३५ किलोमिटर जलयान सञ्चालन गर्न देवघाट र रामपुरमा सबस्टेसन स्थापना गर्न अध्ययन गरिएको जानकारी उनले दिए ।

त्यसैगरी कालीगण्डकीमा पाल्पा खण्डको रामपुर नगरपालिकाको केलादीघाट र गौरीघाटमा सबस्टेसन निर्माण गर्न अध्ययन गरिएको हो । कालीगण्डकीमा दुईतर्फी जलयान चलाउन सकिनेअध्ययनले देखाएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेटमा समेत पाल्पाको राम्दीदेखि देवघाटसम्म जल यातायात सञ्चालनको अध्ययनका लागि बजेट व्यवस्थापन गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।