• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo

नेपाल टी–२०: तलतको अर्धशतकमा विराटनगरले फार वेस्टलाई दियो १४८ रनको लक्ष्य



काठमाडौं । पहिलो संस्करणको नेपाल टी–२० लिगमा विराटनगर सुपर किंग्सले फार वेस्ट युनाईटेडलाई जितको लागि १ सय ४८ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४७ रन बनायो ।

विराटनगरका लागि हुसेन तलतले २९ बलमा ५० रनको अर्धशतकीय ईनिङ खेले । यस्तै विवेक कुमार यादवले ३५ रन बनाउँदा अर्जुन साउदले २२ रन बनाए भने कप्तान रोहित पौडेल २१ रनमा आउट भए ।

फार वेस्टका लागि बलिङ गरेका उमर अलिले २ विकेट लिए भने करण केसी र दुर्गेश गुप्ताले समान १/१ विकेट लिए ।

आठ खेलमा तीन जित र पाँच हार गरेर विराटनगर ६ अंकका साथ विराटनगर अंक तालिकामा चौथो स्थानमा रहेको छ । यस्तै आठ खेलमा दुई जित हात पारेको फार वेस्ट ४ अंकका साथ अंक तालिकाको पुछारमा रहेको छ । विराटनगर आजको खेल जितेर प्लेअफको सम्भाबना बनाउँन चाहान्छ । फार वेस्टले पनि प्लेअफको सम्भावना कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ ।

जनकपुर रोयल्स र लुम्बिनी अल स्टारले भने क्वालिफायरमा स्थान बनाईसकेको छ । लुम्बिनी र जनकपुरले आईतबार पहिलो क्वालिफायर खेल्ने छन् ।

यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।