११ श्रावण २०८३, सोमबार
,
Latest
झुण्डिएका तार व्यवस्थापनबारे सञ्चार र ऊर्जा मन्त्री संयुक्त अनुगमनमा जाने नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाउन तीन ठाँउमा उपकरण आँपको उत्पादन बढ्यो, घटेन मूल्य देवानगञ्ज घटनापछि सुनसरीमा सर्वदलीय बैठक जारी, कप्तानगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा मुग्लिन–नारायणगढ सडकखण्ड पूर्णरूपमा सञ्चालनमा पोखरामा अमेरिकी नागरिकको मृत्यु कप्तानगञ्जमा कर्फ्यु उल्लंघनपछि सेना परिचालन हिमालयन रि-इन्स्योरेन्सको प्रिमियम सेयरविरुद्धको रिट खारेज, प्रिमियम रकम जगेडा कोषमा राख्न सर्वोच्चको आदेश नारायणी अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि आक्रमणप्रति मन्त्रालयको शून्य सहनशीलता काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टी–२०: तलतको अर्धशतकमा विराटनगरले फार वेस्टलाई दियो १४८ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । पहिलो संस्करणको नेपाल टी–२० लिगमा विराटनगर सुपर किंग्सले फार वेस्ट युनाईटेडलाई जितको लागि १ सय ४८ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४७ रन बनायो ।

विराटनगरका लागि हुसेन तलतले २९ बलमा ५० रनको अर्धशतकीय ईनिङ खेले । यस्तै विवेक कुमार यादवले ३५ रन बनाउँदा अर्जुन साउदले २२ रन बनाए भने कप्तान रोहित पौडेल २१ रनमा आउट भए ।

फार वेस्टका लागि बलिङ गरेका उमर अलिले २ विकेट लिए भने करण केसी र दुर्गेश गुप्ताले समान १/१ विकेट लिए ।

आठ खेलमा तीन जित र पाँच हार गरेर विराटनगर ६ अंकका साथ विराटनगर अंक तालिकामा चौथो स्थानमा रहेको छ । यस्तै आठ खेलमा दुई जित हात पारेको फार वेस्ट ४ अंकका साथ अंक तालिकाको पुछारमा रहेको छ । विराटनगर आजको खेल जितेर प्लेअफको सम्भाबना बनाउँन चाहान्छ । फार वेस्टले पनि प्लेअफको सम्भावना कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ ।

जनकपुर रोयल्स र लुम्बिनी अल स्टारले भने क्वालिफायरमा स्थान बनाईसकेको छ । लुम्बिनी र जनकपुरले आईतबार पहिलो क्वालिफायर खेल्ने छन् ।

यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।