२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालप्रति आक्रोशित ओलीले गरे रावलको प्रशंसा



अ+ अ-

काठमाडौं । एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार र देउवा सरकार बनाउन सहयोग गर्ने दलहरूप्रति आक्रोश पोखेका छन् । देउवा सरकारले विश्वासको मत पाएको भोलिपल्ट सोमबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतप्रति आक्रोश पोखेका हुन् ।

बैठकमा ओलीले कांग्रेस विगतदेखि नै आफैं आक्रमण गर्ने, आफैं मुद्दा हाल्ने प्रवृत्तिको पार्टी भएको आरोप लगाए । उनले आफ्नो नेतृत्वको सरकार बहिर्गमनपश्चात बनेको गठबन्धनको देउवा सरकारलाई ‘टालाटुली’को संज्ञा दिए । ‘अब सत्ताको दुरुपयोग गरेर हामीमाथि हमला सुरु गर्छन् । देउवाले लिएको विश्वासको मत कवाडीको रिसाइकलबाट भाडाकुँडा बटुलेर बनेको टालाटुली बाटुली कति राम्री पुतली भन्ने खालको हो,’ ओलीले भने ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेता नेपाललाई ‘विषवृक्ष’ को संज्ञा दिए । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका नेपालप्रति आक्रोशित अध्यक्ष ओलीले भने, ‘पार्टीमा उहाँ (माधव)लाई सम्मान भएन रे । विषवृक्षलाई अझै सम्मान ?’

माओवादी केन्द्रका दाहालप्रति प्रहार गर्दै ओलीले भने, ‘माओवादी शिथिल छ । नत्र ऊ पनि अपराधको कर्मबाट आएको पार्टी हो । हुन त प्रतिपक्ष कसरी अगाडि बढ्छ भन्ने कुरा हो । विगतलाई फर्केर हेर्दा हामी आवश्यकताअनुसार परिआए जुझारु ढंगले सशक्त प्रतिवाद गर्न तयार हुनुपर्छ ।’

बैठकमा अध्यक्ष ओलीले पार्टी उपाध्यक्ष भीम रावलको भने प्रशंसा गरेका थिए । अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भन्दै प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएका एमाले उपाध्यक्ष रावलले देउवालाई विश्वासको मत नहालौं पार्टी एकताबद्ध बनाउनभन्दा नेता नेपालले म विधि निर्णय मान्दिनँ एक्लै भए पनि भोट हाल्छु भनेर हप्काएर पठाएको ओलीको भनाइ छ ।

ओलीले रावललाई आग्रह गर्दै भने, ‘हतारिएर किन राजीनामा दिएको ? सल्लाह गर्नुपर्ने ? अझै पनि सकिन्छ भने राजीनामा फिर्ता लिनू ।’ यो समाचार आजको राजधानी दैनिकमा छ ।