४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्बोडियामा निधन भएका पाण्डेको शव ल्याउन सरकारले आर्थिक सहयोग गर्ने



अ+ अ-

काठमाडौँ । कम्बोडियामा निधन भएका निराकार पाण्डेको शव ल्याउन सरकारले आर्थिक सहयोग गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

गत बिहीबार राति कम्बोडिया र थाइल्यान्डको सिमानानजिकै रहेको पोइपेटस्थित एक क्यासिनोमा भएको भीषण आगलागीमा परी ४० वर्षीय पाण्डेको मृत्यु भएको थियो ।

आगलागी हुँदा क्यासिनोको १२ औं तलामा फसेका पाण्डेले ज्यान जोगाउन हाम फाल्दा मृत्यु भएको थियो।

कम्बोडियामा पर्ने ग्रान्ड डायमन्ड सिटीको भवनमा आगलागी हुँदा उनीसहित २४ जनाले ज्यान गुमाएका थिए ।