२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टी–२० लिग: लुम्बिनीलाई हराउदै जनकपुर क्वालिफायरमा



अ+ अ-

काठमाडौं । पहिलो संस्करणको नेपाल टी–२० लिगमा जनकपुर रोयल्सले लुम्बिनी अल स्टारलाई २३ रनले पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको छ ।

टियु मैदानमा भएको खेलमा जनकपुरले लुम्बिनीलाई जितको लागि १ सय ६० रनको लक्ष्य दिएको थियो । लुम्बिनीले भने १७ ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन मात्र बनायो ।

लुम्बिनीका लागि ब्याटिङ गरेका अनिल शाहले ३५ रन बनाउँदा लाहिरु मिलन्थाले ३२ रन बनाए । यस्तै सुनिल धमला २७ रन बनाए भने गुलसन झा १० रनसहित अविजित रहे ।

बलिङमा जनकपुरका कप्तान ट्राभोन ग्रिफिथले ३ विकेट लिए भने समिउल्लाह शिनवारीले २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको जनकपुरले १७ ओभरमा ६ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो । जनकपुरको लागि कप्तान ट्राभोन ग्रिफिथले ११ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ४७ रन बनाउँदा शरफुदिन असरफले १८ बलमा ३४ रन बनाए। यस्तै, खडक बोहोरा २२ रन बनाए भने शमिउल्लाह शिनवारीले २० रन जोडे ।

लुम्बिनीका लागि बलिङ गरेका सागर ढकाल र कप्तान कुशल भुर्तेलले समान २/२ विकेट लिए भने प्याट ब्राउन र इशाान पाण्डेले पनि समान १/१ विकेट लिए ।

हारका बाबजुत पनि दश खेल खेलेर ८ जित तथा २ हार हात पारेको लुम्बिनी पहिले नै क्वालिफायरमा पुगिसकेको छ । १० खेलमा १६ अंक सहित लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा रहेको छ।

यस्तै दश खेलमा सात जित र तीन हार हात पारेको जनकपुर आजको खेल जिते पश्चात अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । आजको खेल जितेसँगै जनकपुर पनि पहिलो क्वालिफायरमा पुगेको छ ।

लुम्बिनी र जनकपुरले आईतबार हुने पहिलो क्वालिफायर खेल्ने छन् ।

यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।