२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखाबाट नेपाली सेनाको ‘एकीकरण पदयात्रा’ शुभारम्भ-फोटो फिचर



अ+ अ-

काठमाडौं । नेपाली सेनाले ३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७९ विविध कार्यक्रमसहित मनाउने सिलसिलामा नेपाल एकीकरणको समयमा विजय अभियानका लागि प्रयोग भएका पदमार्गमा ‘एकीकरण पदयात्रा’ सुरु गरेको छ ।

गोरखादरबारबाट शुभारम्भ भएको पदयात्रा धादिङ, नुवाकोट हुँदै काठमाडौँस्थित हनुमानढोकासम्म सञ्चालन हुने नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका पाँच स्थायी कम्पनीको झण्डा र टर्चसहित गोरखा जिल्लामा तैनाथ श्री रिपुमर्दन गणबाट ऐतिहासिक सैनिक पोशाक तथा परम्परागत बाजागाजासहित खटिएको टोलीको सहभागिता छ ।

उक्त पदयात्रा टोलीले धादिङ जिल्लामा तैनाथ फौजलाई झण्डा र टर्च हस्तान्तरण गर्नेछ । यस्तै धादिङ जिल्लामा तैनाथ फौजले नुवाकोटको फौजलाई, नुवाकोटमा तैनाथ फौजले काठमाडौँस्थित नागार्जुनमा रहेको फौजलाई र नागार्जुनमा तैनाथ फौजले पुस २६ गते हनुमानढोकामा तैनाथ शार्दुलजङ्ग गुल्मको टोलीलाई झण्डा तथा टर्च हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

पदयात्रा कार्यक्रम जङ्गी अड्डामा विशेष समारोहका बीच समापन गर्ने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ । रासस