२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको न्युनतम साझा कार्यक्रम निर्माणको काम शुक्रवारसम्ममा सकिने



अ+ अ-

काठमाडौं । सत्तारुढ गठबन्धनले सरकारको न्युनतम साझा कार्यक्रम निर्माणको काम शुक्रवारसम्ममा सक्ने भएको छ ।

न्युनतम साझा कार्यक्रम निर्माणको लागि बनाइएको कार्यदलले शुक्रवारसम्ममा सम्पूर्ण काम सक्ने बताइएको छ । बिहीवार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कार्यदल संयोजक विष्णु पौडेलले साझा कार्यक्रमको ड्राफ्ट तयार भइसकेको जानकारी दिनुभयो । उहाँले सरकारमा सहभागि हुने विभिन्न राजनीतिक दलहरुको सुझावलाई समेट्दै ड्राफ्ट तयार भएको बताउनु भयो । उहाँले सो ड्राफ्टको दफावार छलफल गरी शुक्रवार(भोलि) सम्ममा सबै काम सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सरकारको साझा कार्यक्रम मस्यौदा गर्नको लागि कार्यदल गठन भएको कुरा यहाँहरुलाई जानकारी नै छ । हामीहरु बेला–बेलामा कार्यदलको बैठक बसिरहेका छौँ । हाम्रो तयारी कार्य अगाडी बढेको छ । सरकारमा सहभागि हुने विभिन्न दलहरुको सुझावलाई संगठित गर्दै एउटा ड्राफ्ट हामीले तयार गरेका छौँ । ड्राफ्टलाई दफावार छलफल गर्दै त्यसलाई अन्तिम रुप दिन्छौँ र त्यसलाई हामी प्रश्तुत गर्छौ ।

आज नै हामी टुंग्याउने तयारीमा थियौँ । ड्राफ्ट सकिइसकेको छ । त्यसमा छलफल गरेर टुंगो लगाउने कुरा थियो । आज वर्षमान पुनज्यु अलि अस्वस्थ भएर उहाँ बैठकमा आउन सक्नुभएन । त्यसले गर्दा आजको बैठकलाई हामीले भोलि ११ बजेको निम्ति सारेका छौँ । भोलि हाम्रो सबै काम सकिन्छ ।’

कार्यदलको बैठक शुक्रवार (भोलि) बिहान ११ बजे बस्नेछ ।