२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टी–२०: किर्तिमानी साझेदारीमा फार वेस्टले काठमाडौंलाई दियो १९८ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । काठमाडौंमा जारी रहेको नेपाल टी–२०लिगमा फार वेस्ट युनाईटेडले काठमाडौं नाईट्सलाई जितको लागि १ सय ९८ रनको लक्ष्य दिएको छ ।

किर्तिपूरको टियू मैदानमा भएको खेलमा फार वेस्टले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९७ रन बनायो । फार वेस्टका लागि विनोद भण्डारी र कप्तान हजमतुल्लाह शाहिदीले १ सय ५७ रनको शतकीय साझेदारी खेले । नेपाल टी–२० लिगको ईतिहासमा यो सबैभन्दा ठूलो साझेदारी हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको फार वेस्टका लागि हसमतुल्लाह शाहिदी र विनोद भण्डारीले अर्धशतकीय ईनिङ खेले । हसमतुल्लाहले ५७ बलमा ६ चौका र ५ छक्काको सहयोगमा ७६ रन बनाए । यस्तै भण्डारीले ४४ बलमा ६ चौका र ५ छक्काको सहयोगमा ७३ रन बनाए। करण केसीले २२ रन जोडे भने उमर अलिले ७ रन बनाए ।

काठमाडौंका लागि बसिर अहमदले एकै ओभरमा तिन विकेट लिए भने अविनाश बोहोराले १ विकेट लिए ।

यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।




भर्खरै