२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

२२ सांसदको हातमा अझै पुग्न सकेन एमालेको स्पष्टीकरण पत्र, समयसीमा आजै सकिँदै



अ+ अ-

काठमाडौं । नेकपा एमालेको सोमबार बसेको १०औं केन्द्रीय कमिटी बैठकले शेरबहादुर देउवालाई मत दिने माधव नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । तोकिएको समयसीमा आज दिउँसो सकिँदैछ । 

तर स्पष्टीकरण पत्र अहिलेसम्म पनि सो समूहको सांसदको हातमा नपरेको बताइएको छ । 

सर्वोच्च अदालतले संविधानको ७६ को (५) अनुसार सदनमा सांसदलाई दलको ह्वीप नलाग्ने व्याख्या गरिसकेकाले आफूहरूलाई कुनै कारवाही गर्न नमिल्ने स्पष्टीकरण सोधिएका सांसदहरुको दाबी छ । 

यता एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले भने स्पष्टीकरण पत्र आज पठाउने बताउँछन् ।

सबै औपचारिकता पूरा गरेरै स्पष्टीकरण पत्र पठाउन लागेको उनी बताउँछन् । 

एमालेको केन्द्रीय कमिटीको १० औं बैठक आज पनि बस्दैछ । दिउँसो च्यासलमा बस्ने बैठकले कारवाहीसम्बन्धी निर्णय लिने बुझिएको छ ।