५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

आइएमई इलेक्ट्रिकको नयाँ डिलर, कुलमानले गरे महाराजगञ्जमा गरिमा अटो कन्सर्नको उद्घाटन

आइएमई इलेक्ट्रिकको नयाँ डिलर, कुलमानले गरे महाराजगञ्जमा गरिमा अटो कन्सर्नको उद्घाटन
अ+ अ-

काठमाडौँ । आइएमई इलेक्ट्रिक प्रा.लिले राफ्ट इलेक्ट्रिक स्कुटरको निरन्तर बढ्दो नेटवर्कमा महाराजगञ्जस्थित गरिमा अटो कन्सर्नको रूपमा नयाँ डिलर थपेको छ ।

उक्त डिलरको नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङका साथै आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वुधबार संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

बुधबार राजधानी काठमाडौंमा आयोजित उद्घाटन कार्यक्रममा कुलमान घिसिङले भने, ‘नेपालमा विद्युतीय सवारीसाधन लोकप्रिय बन्दै गएका छन् । नेपालले छिमेकी मुलुकबाट अरर्बौंको इन्धन आयात गर्छ, विद्युतीय सवारी साधनको प्रयोगले इन्धन आयात घटाउन र स्थानीय रूपमा उत्पादित बिजुलीको प्रयोगलाई प्रवद्र्घन गर्न मद्दत गर्नेछ ।

विशेषगरी राती गाडी चार्ज गर्दा ग्राहकहरूका लागि विद्युतीय सवारी साधनको प्रयोगमा ठूलो बचत हुन्छ । आइएमई जस्ता समूहले विद्युतीय सवारी साधनको प्रवद्र्धन गरिरहेकोमा म धेरै खुसी छु, म आइएमई र गरिमालाई व्यापार वृद्धिको लागि शुभकामना दिन्छु ।

कार्यक्रममा बोल्दै चन्द्रप्रसाद ढकालले भने, “हामी गरिमा अटोलाई हाम्रो निरन्तर विस्तार हुँदै गइरहेको सञ्जालमा स्वागत गर्दछौं र उहाँहरूलाई सफलताको कामना गर्दछौ । आइएमई इलेक्ट्रिकले ई–मोबिलिटीमा अगुवा बन्ने लक्ष्य राखेको छ र नयाँ ऊर्जा सवारी साधन चलाउँदा जनताको पहिलो रोजाइ बन्न चाहन्छौ ।

राफ्ट टू–व्हीलर अक्टोबर २२ मा प्रस्तुत गरिएको थियो; र नेपालमा निकै लोकप्रिय बन्दै गएको छ । हामीले तीन महिनाभित्रै सयभन्दा बढी युनिट बिक्री गरिसकेका छौं । उहाँले भन्नुभयो, “हामीले उत्पादन बिक्री मात्रै गर्दैनौं, पेट्रोलको आयात घटाएर वातावरण स्वच्छ राख्न मद्दत गर्दै राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान दिइरहेका छौं” ।

गरिमा अटोका प्रबन्ध निर्देशक दान राणाले भने, “म आइएमई इलेक्ट्रिकसँग व्यापार साझेदारको रूपमा जोडिन पाउँदा निकै गर्व महसुस गरिरहेको छु र ग्राहकलाई पर्यावरणमैत्री विद्युतीय दुई पाङ्ग्रे सवारी साधन उपलब्ध गराउन पाउँदा खुसी छु, राफ्ट इलेक्ट्रिक स्कुटर प्रयोग गरेपछि सबै ग्राहक खुसी छन्”।