२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल समूहका सांसदले स्पष्टीकरण नदिने



अ+ अ-

काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरुले संस्थापन पक्ष अर्थात अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएको छ । 

सोमबार ललितपुरको च्यासलमा बसेको केन्द्रीय समिति बैठकले पार्टीको ह्वीप उल्लङ्घन गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । 

त्यसपछि बसेको माधव समूहको सांसदहरुको बैठकले स्पष्टीकरणको जवाफ नदिने निर्णय गरेको हो । 

सो समूहले स्पष्टीकरणको जवाफ दिन जरुरी नरहेको निष्कर्ष निकालेको छ । 

यता आजै ३ बजेपछि एमाले केन्द्रीय कमिटीको १० औं बैठक बस्दैछ । आजको बैठकमा नेपाल पक्षका सांसदहरुलाई कारबाहीबारे निर्णय हुनसक्ने बुझिएको छ ।