काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठकले दलको विधानलाई सर्वसम्मत पारित गरेको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार बसेको बैठकद्वारा विधान पारित भएको हो ।
बैठकमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षका सांसदहरू सहभागी थिए ।
दलको अर्को बैठकले दलको नेता चयन गर्ने र प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने बताइएको छ । जसपाकै अर्का अध्यक्ष महन्थ ठाकुर समूहले यसअघि नै राजेन्द्र महतोलाई दलको नेता चयन गरिसकेको छ ।