२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै पार्टी नेता कार्यकर्ताका कारण राष्ट्रिय पार्टी बन्न सकेन: माधव नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले आफ्नै नेता कार्यकर्ताहरुका कारण पार्टी राष्ट्रिय पार्टी बन्न नसकेको बताउनुभएको छ ।

युवा संघ नेपालले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले यद्यपि पार्टीले थ्रेसहोल्ड नकटाए पनि कुनै फरक नपर्ने बताउनुभयो ।

जनताको मत पार्टीको पक्षमा भए पनि पार्टीकै नेता कार्यकर्ताहरुले पार्टीको पक्षमा मत नहालेको उहाँको भनाइ थियो । “हामी आफ्नै कमजोरीले मत बाकसमा खसाल्न सकेनौँ, हाम्रै नेता कार्यकर्ताका कारण हामीले ३ प्रतिशत मत कटाउन सकेनौँ”, उहाँले भन्नुभयो ।

थ्रेसहोल्ड नकटाए पनि हामीलाई केही छैन भन्दै अध्यक्ष नेपालले भन्नुभयो, “थ्रेसहोल्ड पार गरेको भए हामीलाई हेलिकप्टर दिन्थ्यो कि हवाइजहाज दिन्थ्यो कि रु केही दिनेवाला थिए । पार्टी अफिस वा रकम दिने भन्ने पनि केही कुरा छैन ।”

राष्ट्रिय पार्टी नबने पनि पार्टीका सांसदहरुलाई ह्विप लाग्ने उहाँको भनाइ थियो । उहाँले पार्टीका नेता कार्यकर्ता एकजुट भएर लागेको भए २५ सिटको आसपास पुग्न सक्ने देखिएको उहाँले बताउनुभयो ।

“कतिपय देशमा त्यस्तो छ । सीटको आधारमा सरकारले नै रकम दिने व्यवस्था छ । तर, हामीकहाँ त्यो छैन । दर्ता भएको पार्टी भएकाले आफ्नो पार्टीका सांसदहरूलाई ह्वीप लाग्छ”, उहाँले भन्नुभयो । पहिला पनि त्यो नजिर स्थापित भइसकेको उल्लेख गर्दै उहाँले त्यस्तो भ्रममा नपर्न आग्रह गर्नुभयो ।