२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महन्थ पक्षद्वारा विश्वासको मत लिनुअघि गरेको प्रतिबद्धता पूरा गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत लिनुअघि गरेको प्रतिबद्धता तत्काल पूरा ध्यानाकर्षण गराएको छ ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले संविधान संशोधन, रेशम चौधरीलगायत बन्दीहरूको रिहाई, नागरिकतासम्बन्धी समस्या समाधान, स्थानीय तहको पुनःसरंचना, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

बैठकले आफ्ना माग पूरा गराउन वर्तमान प्रधानमन्त्रीसँग माग गर्ने र अघिल्लो सरकारले गरेका सकरात्मक कामका लागि धन्यवाद दिने निर्णय गरेको छ । 

यस्तै बैठकले कोभिड १९ को खोप सबै नागरिकलाई तत्काल उपलब्ध गराउन तथा विपन्न नागरिकका लागि विशेष आर्थिक प्याकेज घोषणा गर्नसमेत सरकारसँग माग राखेको छ ।

यता आजै बसेको अर्को उपेन्द्र भट्टराई पक्षको संसदीय दलको बैठकले दलको विधानलाई सर्वसम्मत पारित गरेको छ । 

दलको अर्को बैठकले दलको नेता चयन गर्ने र प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने भएको छ ।