३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राष्ट्रपति र जोर्डनका राजाबीच भेटवार्ता



अ+ अ-

वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेन र जोर्डनका राजाबीच द्धिपक्षीय हित र अन्य आपसी सम्बन्धका विषया वार्ता भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र जोर्डनका राजा अब्दुल्लाह द्धितीयबीच सोमबार भेटवार्ता भएको ह्वाइट हाउसले जनाएको छ ।

त्यस क्रममा उहाँहरुबीच अन्य क्षेत्रीय विषयमा पनि कुराकानी भएको बताइएको छ । जोर्डनका राजा अब्दुल्लाह द्धितीय हाल अमेरिकाको भ्रमणमा हुनुहुन्छ । ह्वाइट हाउसले प्रकाशन गरेको विज्ञप्तिकाअनुसार अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिका जोर्डनसँगको आपसी समझदारी र सहयोगलाई निरन्तरता दिन चाहेको बताउनुभएको थियो ।

इजरायल प्यालेस्टाइनबीचको विवादमा जोर्डनले खेलेको भूमिकाको अमेरिकी राष्ट्रपति बाइडेनले प्रशंसा गर्नुभएको पनि सो विज्ञप्तिमा जनाइएको छ । हालैमात्र इराकको राजधानी बगदादमा इराक, जोर्डन र इजिप्टका बीचमाम त्रिपक्षीय सम्मेलन पनि भएको थियो ।

अमेरिकी राष्ट्रपति बाइडेनले सो सम्मेलनमा जोर्डनको भूमिकाको सराहना गर्नुृभएको पनि ह्वाइट हाउसले जनाएको छ । उहाँहरुबीच सिरियाको बारेमा पनि कुराकानी भएको थियो । उहाँहरुले सिरियामा शान्ति स्थापनाका लागि आवश्यक सहयोग गर्ने बारेमा पनि छलफल गर्नुभएको समाचारमा जनाइएको छ । (रासस÷सिन्ह्वा)