२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैविक प्रकोप सम्बन्धि विषयमा मन्त्रीलाई बोलाएर छलफल गरिने



अ+ अ-

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिमा विपद् र दैविक प्रकोप सम्बन्धि विषयमा मन्त्रीलाई बोलाएर छलफल गर्ने निर्णय भएको छ ।  समितिको मंगलवारको बैठकमा सभापति शशी श्रेष्ठले शुक्रवार मन्त्री ज्यूलाई बोलाएर यस विषयमा छलफल गर्ने बताउनुभयो । 

समितिको बैठकमा सांसदहरुले बाढी पहिरो तथा डुबानबाट पीडितभएका जनताको उद्दार, राहत तथा पुनस्र्थापनापछिको विषयमा जनस्तरबाट गुनासो आएको बताएका थिए । कतिपय स्थानमा सरकारको उपस्थिती नै नभएको भन्दै गृहमन्त्री बालकृष्ण खाँडलाई बोलाएर जानकारी लिने माग गरेका थिए ।

छलफलमा विपद् तथा दैविक प्रकोप सम्बन्धिका कुराहरुमा सांसदहरुले आफ्नो धारणा राखेका थिए । सांसद दिलेन्द्र प्रसाद बडूले प्रतिवेदनमा रहेका प्रमुख बुँदाहरु सचिवालयले उल्लेख गरेर आफ्नो भाषामा राख्न अनुरोध गर्नुभयो ।

त्यस्तै छलफलमा बोल्दै सांसद विजय सुब्बाले प्रतिवेदन आफूले पढ्न पाउने माग राख्दै अध्ययनपछि मात्रै यसमा सुझाव दिनसक्ने बताउनुभयो । प्रेम सुवालले समितिमा पेश भएको प्रतिवेदनमा सुझाव नपुगेको गुनासो गर्नुभयो । सदा सुवेदी गुरुङले मनाङ र सिन्धुपाल्चोकका प्राकृतिक प्रकोपबाट पीडितलाई अझै राहत दिन नसकेको बताउनुभयो । उहाँले राहतमा खसी देखाएर फर्सी दिने त्यो पनि आज, भोलि नभएर पर्सि भएको बताउनुभयो ।

त्यस्तै डा. डिला संग्रौलाले उपसमितिले दिएको प्रतिवेदन स्विाकार्दै समितिका सुझावलाई प्रतिनिधि सभामा लैजाने वातावरण मिलाउन सुझाउनुभएको छ । लालबाबु पण्डितले उपसमितिको विषयमा छलफल मात्रै भएको तर समितिले प्रतिवेदन तयार नरगेको बताउनुभएको छ ।

सुशासन समितिको बैठकमा बोल्दै पण्डितले समितिले प्रतिवेदन ड्राफ्टमा ल्याएर छलफल गर्नुपर्ने धारणा राख्नुभएको छ । संसद पुनस्र्थापना भएपछि संसदीय राज्य व्यवस्था तथा सुशासन समितिको पहिलो बैठक बसेको हो ।