२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुक थप जटिल मोड तर्फ जान सक्छः कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक थप जटिल मोड तर्फ जान सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

अहिलेको गठबन्धनले सबै समस्या समाधान गर्नेमा जनता विश्वस्त नभएको थापाको टिप्पणी छ । ‘अहिले मुलुकको बिधमान संरचनागत त्रुटिका कारण संसदको आयु पनि पुर्णकालिन नहुने तर्फ आशंका छ’ थापाले भने ।

मुलुकको राष्ट्रियता र स्वाभिमान कमजोर बन्ने तथा बिदेशी प्रभाव र हस्तक्षेप बढ्न सक्ने तर्फ राष्ट्रबादी शक्तिहरु चनाखो हुनुपर्नेमा उनको जोड थियो । पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिबस मनाउने तयारीका सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै थापाले राप्रपा नेपाल आगामी दिनमा नयाँ शिराबाट नयाँ उर्जाका साथ अघि बढ्ने समेत बताए ।

राप्रपा नेपालले अंगिकार गरेको मार्गचित्र मुलुकको लागि अहिले झन् आबश्यक रहेको थापाको टिप्पणी थियो । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस चियापान सहित प्रवचन गोष्ठी आयोजना गरेर भव्यता पूर्वक मनाउने निर्णय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।




भर्खरै