२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारमा सहभागिताबारे नेकपा एसको बैठक निष्कर्षविहीन, सचिवालयलाई निर्णयको जिम्मा



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनेबारे नेकपा एकीकृत समाजवादीको बैठक बिना निष्कर्ष सकिएको छ ।

मंगलबार पोलिटब्युरो बैठकपछि प्रचण्ड नेतृत्वको सरकारमा सहभागीबारेको निर्णय लिन केन्द्रीय सचिवालयलाई दिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

उनले सरकारमा सहभागिताका लागि अहिलेसम्म कुनै औपचारिक प्रस्ताव नआएको जानकारी दिए ।

एमालेसहित ७ दलको समर्थनमा बनेको सरकारमा सहभागी हुनेबारे नेताहरूबीच मत विभाजन छ । शनिबार र आइतबारको स्थायी कमिटीको बैठकले सरकारबारे निर्णय गर्न नसकेपछि सोमबार र मंगलबार पोलिटब्युरो बैठक बोलाइएको थियो ।