२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘केपीजीले आफ्नो गलत प्रवृत्तिमा सुधार नल्याएसम्म विवाद रहन्छ’



अ+ अ-

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता (माधव नेपाल पक्ष) का सांसदको बैठक सकिएको छ ।

बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेको हो । मंगलवार नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको बैठकले समसामयिक विषयका साथै आफ्नो पार्टीमा कसरी सांसदको संख्या बढाउने भन्ने विषयमा छलफल गरेको नेपाल पक्षका सांसद विरोध खतिवडाले बताउनुभयो । उहाँले आफूलाई जनमानसले पनि र अदालतले पनि साथ दिइरहेको र आफू जहिल्यै सत्यको बाटोमै हिँडेको बताउनुभयो ।  

हामी संवैधानिक बाटोमा हिँडेकोले हाम्रो संख्या बढ्नेछ, सांसद खतिवडाले भन्नुभयो, हामी विधिसम्मत बाटोमा हिँडेका छौँ, हामीले उठाएका माग र मुद्दा स्थापित भइरहेका छन्, केपीजीले आफ्नो गलत प्रवृत्तिमा सुधार नल्याएसम्म विवाद रहन्छ ।

अहिले चलाइएका प्रपोगाण्डा मिडिया खपथको लागि भएको र एमाले केन्द्रीय समिति बैठकले  २२ जनालाई २४ घण्टे स्पष्टिकरणको पत्र अहिलेसम्म कसैले पनि नपाएको बताउनुभयो ।
त्यस्तै माधव नेपाल पक्षकी अर्की सांसद रामकुमारी झाँक्रीले आजको बैठकमा प्रतिनिधि सभाको विघटनदेखि पुनस्र्थापनासम्मको भूमिकाबारे छलफल भएको बताउनुभयो । साथै अबको आफ्नो भूमिका के हुन्छ भन्ने बारेमा पनि बैठकमा छलफल भएको बताउनुभयो ।

सरकारमा जाने कुरा हाम्रो एजेण्डा थिएन, नेतृ झाँक्रीले भन्नुभयो, हाम्रो पार्टी अपोजिशन भएकोले सरकारमा जाँदैनौँ । गत वर्षको फागुन २२ गतेदेखि जारी एमालेको पार्टी विवाद अहिलेसम्म जारी छ ।