२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई नेपाल समुहले राख्यो यस्तो शर्त, मान्छन् होला त ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीक वरिष्ठ नेता माधव कुमार नेपालपक्षका सांसदहरुले पार्टी अध्यक्ष छाड्नुपर्ने बताएका छन् । मंगलबार नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेकपा एमालेका २२ सांसदले प्रतिशोधको राजनीति नगर्न आग्रह गर्दै पार्टीलाई एक बनाउन चाहने हो भने अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

एमाले केन्द्रीय कमिटीले स्पष्टीकरण सोध्ने निर्णय गरेको भोलिपल्ट फ्लोर क्रस गरेर प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका नेपालसहित २२ सांसदको बैठकमा प्रतिनिसभा पुनर्स्थापनाका लागि खेलेको भूमिका र आगामी बाटोबारे छलफल भएको नेताहरुले बताएका छन् ।

सांसदहरुले पार्टीले स्पष्टीकरण सोधेको भन्ने सुनेपनि पत्र नपाएको सांसद विरोध खतिवडाले बताउनुभयो । उहाँले आफूलाई जनमानसले पनि र अदालतले पनि साथ दिइरहेको र आफू जहिल्यै सत्यको बाटोमै हिँडेको बताउनुभयो ।  
हामी संवैधानिक बाटोमा हिँडेकोले हाम्रो संख्या बढ्नेछ, सांसद खतिवडाले भन्नुभयो, हामी विधिसम्मत बाटोमा हिँडेका छौँ, हामीले उठाएका माग र मुद्दा स्थापित भइरहेका छन्, केपीजीले आफ्नो गलत प्रवृत्तिमा सुधार नल्याएसम्म विवाद रहन्छ ।

अहिले चलाइएका प्रपोगाण्डा मिडिया खपथको लागि भएको र एमाले केन्द्रीय समिति बैठकले  २२ जनालाई २४ घण्टे स्पष्टिकरणको पत्र अहिलेसम्म कसैले पनि नपाएको बताउनुभयो ।
त्यस्तै माधव नेपाल पक्षकी अर्की सांसद रामकुमारी झाँक्रीले आजको बैठकमा प्रतिनिधि सभाको विघटनदेखि पुनस्र्थापनासम्मको भूमिकाबारे छलफल भएको बताउनुभयो । साथै अबको आफ्नो भूमिका के हुन्छ भन्ने बारेमा पनि बैठकमा छलफल भएको बताउनुभयो ।

सरकारमा जाने कुरा हाम्रो एजेण्डा थिएन, नेतृ झाँक्रीले भन्नुभयो, हाम्रो पार्टी अपोजिशन भएकोले सरकारमा जाँदैनौँ । गत वर्षको फागुन २२ गतेदेखि जारी एमालेको पार्टी विवाद अहिलेसम्म जारी छ ।