२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखापत्रका अध्यक्ष भण्डारी दिए पदबाट राजीनामा



अ+ अ-

काठमाडौं । गोरखापत्र संस्थानका अध्यक्ष कृष्णमुरारी भण्डारीले पदबाट राजीनामा दिनुभएको छ । सरकार परिवर्तन भएसंगै भण्डारी अध्यक्ष पदबाट राजिनामा दिएका हुन् । 

भण्डारी २०७५ असोजमा चार वर्षका लागि नियुक्त हुनुभएका भएका थिए । सञ्चार मन्त्रालयका सचिव हरि बस्यालमार्फत सञ्चारमन्त्रीसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई भण्डारीसंगै सल्लाहकार सम्पादक गोपाल खनालले राजीनामा बुझाउनुभएको हो ।

आफ्नो १५ महिना कार्यकाल बाँकी छँदै गोरखापत्र छोड्ने निर्णयमा पुग्नुभएका भण्डारीले सरकारी सुविधाका रुपमा पाएको गाडी,ल्यापटप र मोबाइल बुझाएर घर फर्किनुभएको हो । भण्डारीले नयाँ सरकारसँगै नयाँ प्राथमिकता आउने भएकाले बाटो खुला गरेको बताउनुभयो । 

गोरखापत्रको व्यवस्थापकीय सुधारका लागि अप्ठेरो अवस्थाका बीच आफ्नो झण्डै ३ वर्षे कार्यकाल सफल भएको उहाँले बताउनुभयो । कार्यकालको सफलता सुनाउँदै भन्नुभयो, ‘म आउनुअघि फोहोरको डङ्गुर थियो,त्यसलाई सफा गरेर यहाँसम्म ल्याइपुर्याएको छु । व्यवस्थापकीय सुधारका दृष्टिले त क्रान्ति नै भएको छ ।’