• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा ★   पहिरोमा पुरिएकी महिलाको शव भेटियो, दुई जनाको खोजी गरिँदै ★   जोखिमप्रति आवश्यक सुरक्षा सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह ★   मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा ★   सप्तकोशी ब्यारेजका ४५ ढोका खोलिए, महाकालीको शारदा ब्यारेजमा सवारी चलाउन रोक ★   कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा ★   जलमग्न भयो देश (फोटो फिचर) ★   टर्कीलाई हराउँदै नेदरल्यान्ड्स युरो कपको सेमिफाइनलमा ★   स्वीट्जरल्यान्डलाई पेनाल्टीमा हराउँदै इंग्ल्यान्ड युरो कपको सेमिफाइनलमा ★   बाढीको बहाव बस्तीमा पसेपछि ओलीलाई बालेनको पत्र : भोटको राजनीति कहिलेसम्म ?

अन्योलबीच टी-२० लिग सुचारु, पारिश्रमिकबारे क्यान र खेलाडीबीच सहमति



काठमाडौं । खेलाडीहरूको असन्तुष्टिका कारण अवरुद्ध भएको नेपाल टी–२० लिग अन्तर्गतको आजको खेल पुनः सुचारु भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीहरुबीचको लामो छलफलपछि निर्धारित समयभन्दा दुई घण्टा ढिला म्याच सुरु भएको हो । पारिश्रमिक नपाएपछि खेलाडीले खेल्न नमान्दा नेपाल टी–२० मा आज हुने खेलहरु अन्योलमा परेको थियो ।

तालिकाअनुसार मंगलबार बिहान ८:३० मा काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीच टस हुनुपर्ने थियो । तर, दुबै टोलीका खेलाडीहरूले टस गर्न नमानेपछि खेल ढिला भएको हो ।

खेल अवरुद्ध भएपछि क्यानको तर्फबाट महासचिव प्रशान्तविक्रम मल्लले खेलाडीहरूसँग वार्ता गरेका थिए । क्यानले भरेसम्ममा पारिश्रमिक दिलाउने प्रतिबद्धता जनाएको बताईएको छ । महासचिव मल्लले खेलाडीसँग भएको सहमतिबारे केही बेरमा पत्रकार सम्मेलन गरी जानकारी दिने भएका छन् ।

सहमतिपछि काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेल ९ ओभरमा छोट्याइएको छ । यस खेलमा काठमाडौंले टस जितेर ब्याटिङ रोजेको छ ।

पोखरा एभेन्जर्सबाहेकअहिलेसम्म कुनै पनि टिमका खेलाडीहरूले पारिश्रमिक नपाएको बताइएको छ ।