५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ,सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली सुध्रिएनन् भने फुटेकै मान्नुस् : नेपाल



अ+ अ-

काठमाडौं । साधारण टिसर्ट र पाइजामा थिए पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपाल । कोटेश्वरस्थित निवासमा उनले दिएकै समयमै पुग्दा हामीलाई आधा घन्टा कुर्नुपर्ने सूचना दियो उनको सचिवालयले । हामीलाई दिएको समयमा नेता नेपाल एमालेकै अर्का एक जना वरिष्ठ नेतासँग कुरा गर्दै थिए । ‘ओली साह्रै बद्मास रहेछन्, तिनको कहिल्यै भर नगर्नू रु’ हिँड्ने बेलामा ती नेताले हामीले सुन्ने गरी नेपाललाई सुझाव दिएर गए ।

केही समयपछि हामी वरिष्ठ नेता नेपालको कुरा सुन्न थाल्यौं । पछिल्ला राजनीतिक घटनाक्रमबारे थोरै बेलिविस्तार लाउँदै थिए उनी, अर्का नेताको फोन आयो । मोबाइलको कभर पल्टाउँदै नम्बर हेरे र भनें ‘एकछिन है ।’ हाम्रै अगाडि वरिष्ठ नेता नेपालले उनीसँग कुरा गरे, कुराकानीको सन्दर्भ पार्टी एकताकै बारेमा थियो ।

‘मिलाउनुस् न त तपाईहरु। केपी ओलीसँग कुरा गरेर मात्रै मलाई फोन गर्नू,’ फोन राखिसकेपछि मुसुक्क हाँस्दै वरिष्ठ नेता नेपालले फोन गर्ने मान्छेका बारेमा जानकारी दिए । उनी ओली समूहका खाँटी मान्छे थिए ।

कुराकानीकै क्रममा उनले युट्युबमा क्लिक गर्दै हामीलाई गीत सुनाए । ‘म तपाईंहरूलाई दुई लाइन मात्रै सुनाउँछु, मन पर्यो भने पछि सुन्नुहोला,’ उनले हामीसँग भने । गीत थियो अमिताभ बच्चनको स्वरमा रेकर्ड भएको रवीन्द्रनाथ टेगोरको ‘ज्योदी तोर डाक सुने क्यु, ना आसे । अगला चलो, एक्ला चलो ।’

‘बंगाली यो गीत म बेलाबेलामा सुन्छु । ३०/३२ सालतिर निकै सुन्थ्यौं हामी यो गीत,’ उनले भने । ३० को दशकमा पञ्चायतविरोधी आन्दोलन सुरु गर्दा क्रान्तिकारी भाव जगाउने नेपाली गीतहरू थोरै थिए । ‘बंगाल र कम्युनिस्टको विशेष खालको सम्बन्ध थियो, त्यसकारण हामीहरू यही गीत बजाउँथ्यौं,’ नेता नेपालले भने, ‘त्यसपछि भने जेबी टुहुरे, रामेश, रायनहरूको गीत आउन थाल्यो । कम्युनिस्टका कार्यक्रममा ती गीतहरू बज्न थाले ।’

त्यसो त नेता नेपाल फिल्मका पनि पारखी हुन् । रौतहटबाट साइकलको पाइडल घुमाउँदै भारतीय सहरमा फिल्म हेर्न गएको स्मरण उनलाई अहिले पनि ताजै छ ।

नेता नेपाललाई मन परेको यो गीत सन् १९०५ मा रवीन्द्रनाथ टेगोरले लेखेका थिए । यसको शीर्षक थियो ‘एका’ । सोही वर्ष एउटा बंगाली म्यागजिनमा प्रकाशित भयो यो गीत । यही गीतपछि बंगाली कीर्तनका रूपमा गाइयो । गीत अत्यधिक लोकप्रिय भयो । यो गीतलाई गीतभन्दा पनि समाज परिवर्तनको एउटा गर्विलो आवाजका रूपमा बुझ्यो भारतीय समाजले । भारतमा लेखिएकामध्ये समाज परिवर्तनका लागि लेखिएको २२औं गीतमा पर्छ यो । अहिंसावादी नेता महात्मा गान्धीलाई अत्यधिक मन परेको यो गीत पछि हिन्दी फिल्म ‘कहानी’मा राखिएको थियो । जसमा अमिताभ बच्चनको स्वर रहेको छ ।

नेता नेपाललाई यो गीत अहिले झन् धेरै मन पर्नुको कारण हो, एमाले पार्टीभित्र देखिएको पछिल्लो गतिविधि । धेरैले लख काटेका छन् एमाले पार्टी विभाजन भइसक्यो, घोषणा हुन मात्रै बाँकी छ ।

‘हामीले नेता नेपाललाई सोध्यौं, एमाले अब फुटेकै हो त ? ‘केपी ओली सुध्रिएनन् भने फुटेकै मान्नुस्,’ उनको जवाफ थियो । आफूले केपी ओली व्यक्तिको नभएर प्रवृत्तिको विरोध गरेको उनको भनाइ थियो । ‘व्यक्तिको मैले कहिल्यै विरोध गरिनँ, गर्दिनँ पनि । ओली प्रवृत्तिको कुरा गरेको हुँ । संविधान र लोकतन्त्रमाथि प्रहार गर्ने व्यक्ति असल एमाले हुन सक्दैन,’ उनले भने ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा केही सांसद तटस्थ बसे । जो नेपाल समूहकै थिए । ‘तपाईंका आफ्नैले पनि साथ छोड्दै छन् भन्ने सुनिन्छ नि रु,’ हाम्रो जिज्ञासामा उनले भने, ‘उताकाले पनि त साथ छोड्दैछन् नि । भरखर यहाँबाट जानु भएको मान्छे देख्नुभयो होला । अघि कसको फोन आएको थियो त्यो पनि थाहा पाउनुभयो होला,’ फोन गर्ने व्यक्तिको नाम भन्दै नेता नेपालले भने ।

लोकतन्त्र र संविधान रक्षाका लागि आफू एक्लै पनि हिँड्न सक्ने नेता नेपालको भनाइ थियो । ‘१८ वर्षको उमेरदेखि राजनीति गरेको हुँ । संघर्ष धेरै गरें । यात्रा हो हिँड्दै जाँदा सँगै हिँड्ने गन्तव्यमा पुग्छन् । यताउता गर्नेहरू बीचैमा छुट्न पनि सक्छन्,’ उनले भने ।, समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।