१ पुष २०८२, मंगलवार
,
Latest
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजदूत अधिकारी र पाकिस्तानी प्रमका विदेशमामिलासम्बन्धी विशेष सहायकबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफका विदेशमामिलासम्बन्धी विशेष सहायक सैयद तारिक फातेमीसँग आज इस्लामाबादस्थित उहाँको कार्यकक्षमा भेटवार्ता गर्नुभयो ।

त्यस अवसरमा उहाँहरूबीच नेपाल–पाकिस्तान सम्बन्ध र यसका ऐतिहासिक घटनाक्रमबारे छलफल भएको थियो ।

भेटमा उहाँहरूबीच दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का साथै दक्षिण एसियामा क्षेत्रीय सहयोग प्रवर्द्धनबारे छलफल भएको इस्लामाबादस्थित नेपाली राजदूतावासले बताएको छ ।